भारतसँगको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली वेस्टइन्डिज ८ विकेटले विजयी

 साउन २९, २०८० सोमबार ७:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको पाँचाैँ तथा निर्णायक खेलमा घरेलु टोली वेस्टइन्डिज ८ विकेटले विजयी भएको छ । जितसँगै वेस्टइन्डिजले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ ।

जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा १७१ रन बनाएर भेट्टायो । वेस्टइन्डिजका ब्रेन्डन किङ्गले सर्वाधिक ८५ रनको अर्धशतकीय पारी खेले । यस्तै, निकोलस पुरनले ४७, शाई होपले २२ र कायल मेयर्सले १० रन बनाए ।

भारतका अर्शदीप सिंह र तिलक बर्माले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, तिलक बर्माले २७, हार्दिक पाण्डेले १४ तथा अक्षर पटेल र सन्जु स्यामसनले १३/१३ रन बनाए । वेस्टइण्डिजका लागि रोमारियो शेफर्डले चार विकेट लिए भने अकेल हुसैन र जसोन होल्डरले दुई/दुई विकेट लिए । रोस्टन चेसले एक विकेट लिए ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Padam

    Aug. 14, 2023, 9:19 a.m.

    Welldone West Indies Cricket Team

  •  0 Reply

तपाईको प्रतिक्रिया