भीषण वर्षापछि भारतको सिमलामा पहिरो : झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो

 साउन २९, २०८० सोमबार ११:५४:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । नौ जनाको शव भेटिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो । पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख छ ।

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ । भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भीषण वर्षा हुँदा सात जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया