भारतमा मनसुनजन्य विपद्का कारण एकै दिन कम्तीमा २४ जनाको ज्यान गयो

 साउन २९, २०८० सोमबार २०:३१:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा मनसुनजन्य विपद्का कारण एकै दिन कम्तीमा २४ जनाको ज्यान गएको छ । विपद्का कारण कैयौँ मानिस हराइरहेका छन् ।

ज्यान गुमाउनेमध्ये नौ जनाको मन्दिर भत्किँदा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । मन्दिर भत्किएको घटनामा थुप्रै मानिस हराइरहेका छन् । सबैभन्दा बढी प्रभावित राज्य हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मज्यान गएको बताउनुभएको छ ।

केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् । उत्तराखण्ड राज्यमा पनि पहिरो जाँदा मानिसहरू पुरिएको आशङ्कामा उद्धार टोलीहरू भग्नावशेष हटाउन खटिरहेका छन् । उत्तराखण्डमा हिजो र आज गरी कम्तीमा आठ जनाको ज्यान गएको छ ।

 

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा ल्याउँछ र यो कृषि र लाखौँको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया