भारतको हिमाचल बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो, ७ सय ५० भन्दा धेरै सडक बन्द

 साउन ३०, २०८० मंगलबार ६:३९:५९ | एजेन्सी
unn.prixa.net

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।

हिमाचल का मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभएको छ । त्यहाँ खोजी र उद्धारको काम निरन्तर भैरहेको छ । ठूलो वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले हिमाचल मा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् । हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया