भारतले आज स्वतन्त्रता दिवस मनाउँदै : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा

 साउन ३०, २०८० मंगलबार १०:१४:२१ | एजेन्सी
unn.prixa.net

भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । दिवसको अवसरमा लाल किल्लामा हुने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तयारी छ ।

मोदी लगातार दशौँ पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुनुहुन्छ । हिजो पाकिस्तानले स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको थियाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया