भारतले मनायाे ७७ औँ स्वतन्त्रता दिवस, मणिपुरमा शान्ति कायम गर्ने प्रयास भइरहेको मोदीको भनाइ

 साउन ३०, २०८० मंगलबार २०:३३:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतले आज ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । 

दिवसको अवसरमा दिल्लीमा रहेकाे लाल किल्लामा भएको कार्यक्रमलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुभएको छ । उहाँले हिंसाग्रस्त मणिपुर राज्यमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार रहेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । हिंसा फैलिँदा मणिपुरबारे नबोलेको भन्दै आलोचना खेप्दै आउनुभएका मोदीले आफ्नो भाषणको शुरुमै मणिपुरको कुरा गर्नुभएको हो ।

मणिपुरमा गएकाे मे महिनामा मैतेई र कुकी समुदायबीच हिंसा शुरु भएको थियो । त्यसयता अहिलेसम्म एक सय ४० जनाको ज्यान गइसकेको छ भने हजारौँ मानिस विस्थापित भएका छन् । मणिपुरकै विषयलाई लिएर विपक्षी दलहरूले देशको सङ्घीय संसद्‌मा माेदीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । तर गएकाे हप्ता त्याे प्रस्ताव अस्वीकृत भएकाे थियाे ।

यस्तै प्रधानमन्त्री मोदीले भारतको अर्थतन्त्र अहिले विश्वमा शीर्ष पाँचौँ स्थानमा रहेको भन्दै आउँदो पाँच वर्षमा भारतलाई तेस्रो स्थानमा पुर्‍याउने घोषणा गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया