एएफसी कप छनोटमा मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित

 साउन ३२, २०८० बिहिबार ६:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।

कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । मोहन बगानका अनवर अलीले २ तथा जेसन कमिङ्ग्सले १ गोल गरे । मच्छिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल गरे ।

मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया