भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतह नजिकै, आउँदो बुधवार अवतरण गर्ने अनुमान

 साउन ३२, २०८० बिहिबार १६:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) को चन्द्रयान ३ मिसनले आज बिहीवार नयाँ कीर्तिमान बनाएको छ । वैज्ञानिकले चन्द्रयान ३ को ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग गरेका छन् । यसको मतलब अब ल्यान्डर बिस्तारै चन्द्रमाको सतहतिर सर्नेछ ।

इसरोले भोलि शुक्रवार दिउँसो ४ बजेसम्म चन्द्रयान ३ को ल्यान्डरलाई चन्द्रमाको सतहभन्दा नजिक ल्याउने प्रयास गरिने बताएको छ । इसरोका पूर्व वैज्ञानिक मैलास्वामी अन्नादुराईले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसलाई कोशेढुङ्गा भनेका छन् । ल्यान्डर र रोभरले यो मिसनलाई कसरी अगाडि बढाउने भनेर भारतमात्र होइन सारा विश्व पर्खिरहेको छ ।

चन्द्रयान ३ को ल्यान्डर र रोभर अगस्ट २३ अर्थात् आउँदो बुधवार चन्द्रमाको सतहमा अवतरण गर्नेछन् । यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।

भारतको केन्द्रीय विज्ञान तथा प्रविधिका राज्य इन्चार्ज जितेन्द्र सिंहले इसरोको यो सफलता भारतका लागि मात्र नभई विश्वकै लागि महत्त्वपूर्ण सफलता भएको उल्लेख गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया