भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि : भारतको कप्तानी बुमराहले गर्ने

 भदौ १, २०८० शुक्रबार १३:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल मलाहाइडमा नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् । उनले पहिलो पटक टी–२० को कप्तानी गर्न लागेका हुन् । बुमराहले अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलियासँग सन् २०२२ को सेप्टेम्बरमा खेलेका थिए ।

बुमराह ढाडको समस्याबाट पीडित थिए । बुमराह बाहेक तीव्र गतिका बलर प्रसिद्ध कृष्णा पनि भारतीय टोलीमा फर्किएका छन् । आयरल्यान्डको कप्तानी पाउल स्टर्लिङले गर्नेछन् । भारत र आयरल्यान्डसँगको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया