भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको ज्यान गयो

 भदौ १, २०८० शुक्रबार १६:२१:३१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।

मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी  हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । 

‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको ज्यान गएको छ’, उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा अहिलेसम्म राज्यमा एक सय ५० जनाभन्दा बढीको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया