भारतसँगको पहिलो टी–२० मा आयरल्यान्ड डकवर्थ पद्धतिका आधारमा २ रनले पराजित

 भदौ २, २०८० शनिबार ६:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे ।

जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भारत डकवर्थ पद्धतिको आधारमा विजयी भयो । ऋतुराज गायकवाड १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे । यशस्वी जैसवाल २४ रनमा आउट भए । आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

आयरल्यान्डका ब्यारी म्याकार्थी ५१ रनमा अविजित रहे । कर्टिस क्याम्फर ३९ रनमा आउट भए । बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए । उनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । बुमराह खेलको प्लेयर अफ द म्याच भए । रवि विश्रोइ र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । भारत र आयरल्यान्डबीचको दोस्रो खेल भोलि आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया