भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज

 भदौ ३, २०८० आइतबार १२:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल मलाहाइडमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

तीन खेलको शृङ्खलामा पाहुना टोली भारतले १–० को अग्रता बनाएको छ । शुक्रवार भएको पहिलो खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको थियो । आजको खेल जितेमा भारतले शृङ्खला जित्नेछ भने शृङ्खला जोगाउन आयरल्यान्डलाई जित्नैपर्ने दबाब छ ।

भारत र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ । आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गरेका छन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया