आयरल्यान्डसँगको दोस्रो टी-२० क्रिकेटमा भारत विजयी, एक खेल अगावै शृङ्खला जित्यो

 भदौ ४, २०८० सोमबार ६:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले दोस्रो टी-२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले  हराएको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, मार्क एडैरले २३ रन बनाए भने कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे । भारतका जस्प्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि विश्रोईले समान २–२ विकेट लिए ।

यस्तै, अर्शदीप सिंहले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय  पारी खेले ।

यस्तै, सन्जु स्यामसनले ४०, रिङ्कु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जैसवालले १८ रन बनाए ।  आयरल्यान्डका ब्यारी म्याकार्थीले २ विकेट लिए भने मार्क ऐडर, क्रेग योंग र बेन्जामिन ह्वाइटले एक/एक विकेट लिए। जितसँगै भारतले एक खेल अगावै शृङ्खला जितेको छ । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल पर्सि बुधवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया