भारतले प्याजमा कर लगाउँदा नेपालमा कालोबजारी : खुद्रा भाउ किलोकै एकसय रुपैयाँ

 भदौ ४, २०८० सोमबार ८:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाएका छन् ।

भारतले गएको शनिवार निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा  प्याज किलोको ५० देखि ६० रुपैयाँमा पाइन्थ्यो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँसम्म पुगिसकेको छ ।

व्यापारीले मौकाको फाइदा उठाउँदै पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर कालोबजारी गरेका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती घट्दै गएको छ । भारतसँग निर्भरता बढ्दा उपभोक्ताले महँगीको मार खेप्नु परेको छ ।

प्याजमा आत्मनिर्भर हुन भन्दै केही वर्ष पहिले सरकारले प्याज मिसन कार्यक्रम ल्याएको थियो । तर, त्यो प्रभावकारी हुन सकेन । प्याजलगायत तरकारीले बजार नपाउने गरेको किसानले गुनासो गर्दै आएका छन् । सिजनको समयमा भारतबाट सस्तोमा आयात हुँदा स्वदेशी उत्पादन खेर जान्छ । अहिलेको जस्तै अफसिजनमा आयात रोकिँदा नेपालमा महँगो हुन्छ ।

कृषि विज्ञले प्याज, गोलभेँडालगायत तरकारीमा आत्मनिर्भर हुन सकिने भन्दै किसानलाई प्रोत्साहन दिन आग्रह गर्दै आएका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया