प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य हिँड्डुल गर्न थाले

 कात्तिक १४, २०७५ बुधबार १८:५४:३० | रासस
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । 

प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उहाँको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँड्डुल गर्नुभएको र सामान्य खाना थाल्नुभएको छ । 

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । 

उहाँको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा. सायमीको संयोजकत्वमा प्रा.डा. दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया