चन्द्रयान-३ चन्द्रमामा पुगेकै दिन ब्रिक्समा प्रधानमन्त्री मोदीको अन्तरिक्ष प्रस्ताव : भारतलाई विश्वभरबाट बधाई

 भदौ ७, २०८० बिहिबार ६:३४:१४ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकामा चलिरहेको भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रिक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेस गर्नुभएको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौथो देश तथा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेर इतिहास बनेकै दिन हिजो सम्मेलनमा मोदीको यो प्रस्ताव आएको हो ।

दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा १५औँ ब्रिक्स शिखर सम्मेलनमा मोदीले सम्बोधन गर्नुभयो । भारतको चन्द्रयान-३ चन्द्रमामा पुग्दा भिडियोमार्फत् उहाँले दक्षिण अफ्रिकाबाटै जोडिएर सम्बोधन गर्नुभएको थियो । चन्द्रयान मिसन भारतको सफल भएपछि अहिले विश्वभरबाट भारतलाई बधाईको ओइरो लागेको छ ।

भारतका विभिन्न सहरमा उत्सव भइरहेका छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा भारतले आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ । गएको जुलाई १४ तारिखमा पृथ्वीबाट उडान भरेको चन्द्रयान-३, चालिस दिनको यात्रा पूरा गरेर हिजो बेलुका चन्द्रमामा अवतरण गरेको हो । यसअघि अमेरिका, रुस र चीनले इक्वेटर भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।

चन्द्रयान-३को एउटा मुख्य उद्देश्य चन्द्रमामा बरफको खोजी गर्नुरहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ अभियानलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो । तर यान दुर्घटनामा परेपछि अभियान विफल भएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया