मन्थलीमा मदन पुरस्कार विजेता जगदीशको सम्झना

 कात्तिक १४, २०७५ बुधबार १९:४२:२५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – साहित्यकार तथा वरिष्ठ समाजसेवी जगदीश घिमिरेको पाँचौ स्मृति दिवस बुधबार मन्थलीमा मनाइएको छ । उहाँले निर्माण गरेको संस्था तामाकोशी सेवा समितिको आयोजनामा बुधबार स्मृति दिवस मनाइएको हो । 

कार्यक्रममा भेला भएका स्थानीय सरकारका प्रमुख, स्थानीय प्रशासन पार्टी नेतृत्व तथा नागरिक समाजका अगुवाले जगदीशले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए । 

दीर्घजीवि सोचका साथ जिल्लाको विकास अभियानमा लागेका घिमिरेले जिल्लाको सम–विकासमा ठूलो योगदाना पुर्याएका थिए । विपन्न र दुर्गम परिवारलाई लक्षित गरी उनीहरुको समृद्धिका लागि अभियान चलाएका जगदीशले गाउँगाउँमा खानेपानी, सिंचाइका काम समेत गरेर सर्वसाधारणको मन जित्नुभएको थियो । उहाँले स्वस्थ पानीसँगै घर–घरमा  शौचालयका निर्माणको कामलाई पनि अभियानको रुपमा अघि बढाएका थिए । 

समाजसेवा र साहित्य विधालाई एकै साथ अगाडि बढाएका घिमिरेको २०७० साल कार्तिक १४ गते माइलोमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो । उहाँले गाउँको सर्वाङ्गीण विकासको सोचका साथ मन्थलीमा सञ्चालन गरेको मन्थली बचत तथा ऋण सहकारी संस्था र सहकारी अस्पतालले जिल्ला स्तरमा राम्रो काम गर्दै आएको छ । राजनीतिक विश्लेषक र वरिष्ठ साहित्यकारको रुपमा आफ्नो नाम दर्ज गराएका घिमिरेले प्रकाशन गरेको ‘अन्तरमनको कथा’ले मदन पुरस्कार समेत प्राप्त गरेको थियो । त्यसबाहेक उहाँले ‘सकस’, ‘लिलाम’ लगायतका दर्जनौँ पुस्तकहरु समेत प्रकाशन गर्नुभएको थियो । 

उहाँले २०४५ सालबाट तामाकोशी सेवा समिति नामको गैरसरकारी संस्था सञ्चालन गरी शुरु गरेको कामले जिल्लाव्यापी रुपमा उदाहरणीय काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काले जगदीशको बारेमा सरकारी स्तरबाट पनि कुनै काम गर्नु पर्ने बताउनुभयो । 

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कृष्णलाल, गंगालाल र पुष्पलाल गरी तीन लाल जन्मिएको रामेछापलाई जगदीश घिमिरेको नामसमेत समावेश गरी चार लालको जिल्ला नामाकरण गर्न पनि सम्बन्धित पक्षसँग माग गर्नुभएको थियो ।


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया