चन्द्रयान–३ को रोभरले चन्द्रमामा चाल्यो पाइला, महत्त्वपूर्ण तथ्याङ्क र तस्बिर विश्लेषणका लागि पठाउने

 भदौ ८, २०८० शुक्रबार ६:५१:३० | एजेन्सी
unn.prixa.net

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याएकाे रोभरले चन्द्रमाको सतहमा पहिलो यात्रा शुरु गरेको छ ।

इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अस्ति ल्यान्डर अवतरण गराएको एक दिनपछि हिजो ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो ।

चन्द्रयान–३ ले लगेको विक्रम नामको ल्यान्डरबाट रोभर बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) ले जनाएको छ । त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ ।

रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ । आफ्नो हरेक चालमा रोभरले आफ्ना छ वटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतिक चिह्न माटोमा बनाउने छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया