चार देशीय महिला टी–२० शृङ्खलामा आज नेपालले घरेलु टोली मलेसियासँग खेल्दै

 भदौ ८, २०८० शुक्रबार १०:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे बायोमास ओभलमा शुरु हुनेछ ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि खेल्नेछन् । त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया