आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जना पक्राउ

 भदौ १०, २०८० आइतबार १९:९:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जना मकवानपुरमा पक्राउ परेका छन् । आफैँ लुकिछिपी बसेर अपहरणको बहाना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आज आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

यही भदौ ३ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केर परिवारकाे समेत सम्पर्कमा नआएका राक्सिराङ–५ का ४६ वर्षीय कुमार प्रजाले आफैँ लुकिछिपी बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयाे । प्रजालाई मनहरी गाउँपालिका–४ नयाँ बस्तीमा सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो ।

पक्राउ परेका कुमार र सानुबाबु रुम्बाकाे बीचमा आर्थिक लेनदेन रहेको थियो । प्रहरीले गोप्यरूपमा अनुसन्धान गर्दै जाने क्रममा कुमार श्रीमती तथा अन्य व्यक्तिसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको खुल्न आएको थियाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया