उसिना चामल निर्यातमा भारतको कडाइ, २० प्रतिशत कर

 भदौ ११, २०८० सोमबार ७:४७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चामल र प्याज निर्यातमा कडाइ गरेको भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ ।

दशैँ नजिकिँदै गर्दा भारतले उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ ।

भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।

भारतको वित्त मन्त्रालयले गएको शुक्रवार सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाएको छ ।

शुक्रवारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ ।

यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने देशमा भाउ बढ्न सक्ने सम्भावना छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया