भारतले अब सूर्यको अध्ययन गर्ने, सेप्टेम्बर २ मा आदित्य–एल१ मिसनको रकेट प्रक्षेपण गर्दै

 भदौ ११, २०८० सोमबार १८:३६:३३ | एजेन्सी
unn.prixa.net

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गराएको भारतले अब सूर्यको अध्ययन गर्ने भएकाे छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले सूर्यको अध्ययन गर्न आदित्य एल–१ मिसन सेप्टेम्बर २ तारिखमा शुरु गर्ने बीबीसी हिन्दीले जनाएको छ । एल–१ को रकेट आउँदो महिना सेप्टेम्बर २ तारिखमा बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटबाट प्रक्षेपण गरिने इसरोले जानकारी दिएको छ ।

इसरोले सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो अन्तरिक्ष मिसन भएको बताएको छ । इसरोले आमनागरिकलाई श्रीहरिकोटको प्रक्षेपण प्रत्यक्ष प्रसारण गर्ने पनि जानकारी दिएको छ ।

अन्तरिक्षयानलाई पृथ्वीबाट झन्डै १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीको एल–१ विन्दु वरिपरि हलो कक्षमा पठाइने इसरोले जनाएको छ । एल–१ विन्दुको वरिपरि कोरोनल अर्बिटमा राख्दा यसले सूर्यलाई कुनै पनि ग्रहणविना निरन्तर अवलोकन गर्न सक्छ । अन्तरिक्ष यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरि तहको अध्ययन गर्ने सात पेलोडहरू बोक्ने छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया