भारतले सूर्यको अध्ययन गर्न भोलि अन्तरिक्षमा यान पठाउँदै

 भदौ १५, २०८० शुक्रबार १९:२९:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : इसराे

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन तयार भएको छ ।

भोलि शनिवार स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ ।

अन्तरिक्षमा पठाइने यान सूर्यमा पुग्ने नभई पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ । त्यो दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झन्डै चार गुणाले बढी हो । तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५ दशमलव एक लाख किलोमिटर टाढा छ । यान पुग्ने भनिएको ठाउँबाट सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने इसरोले जनाएको छ ।

अभियानले अन्तरिक्षको मौसम केले सञ्चालन गर्छ भन्नेबारे अध्ययन गर्नेछ । यानले सौर्य आँधीको प्रक्रियाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ । एक पटक स्थापित भइसकेपछि यो अन्तरिक्ष यानले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ ।

यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको इसरोले जनाएको छ । भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत झन्डै चार करोड ६० लाख डलर लागेको जनाइएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया