भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, नेपाललाई फाइदा

 भदौ १७, २०८० आइतबार ६:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।

हिजो टस जितेर पहिला ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २ सय ६६ रनमा अलआउट भएको थियो । भारतका लागि इशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय इनिङ खेले । पान्ड्याले ८७ र किशनले ८२ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रौफ र नसिम शाहले समान ३/३ विकेट लिए ।

जितका लागि २ सय ६७ रनको लक्ष्य पाएको पाकिस्तानले पानी परेपछि पारी शुरु गर्न पाएन । भोलि क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ । यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ । तर वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ ।

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेशबीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया