नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधामका विद्यालयमा दिउँसो २ बजेपछि बिदा

 भदौ १८, २०८० सोमबार ८:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।  यसअघि गएको बुधवार १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले विद्यालयहरुमा बिदा दिएको थियो ।

एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्कामा हुँदैछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।

उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया