गुल्मीमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते

 भदौ १८, २०८० सोमबार १८:२४:३३ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ६ अन्र्तगत कुर्घाको एक विद्यालयमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते बनेका छन । 

आज दिउसो सवा तीन बजे स्थानीय कुर्घा निम्न माध्यमिक विद्यालयमा अचानक चट्याङ् लाग्दा विद्यार्थाी घाइते भएको विद्यालयका प्राधानाध्यापक मोति प्रसाद शर्माले जानकारी दिनु भयो ।

चट्याङ्बाट घाइते हुनेहरुमा ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सृजना शर्मा, समीक्षा थापा, वुद्धिमाया नेपाली र कल्पना विक रहेका छन ।

घाइतेहरुमध्ये कक्षा ६ मा अध्यनरत ईसा घर्ती, झलका विक, अनुजा विक र कक्षा ८ मा अध्यनरत अनिशा विकको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।

घाइते अन्य चार जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन ।

चट्याङ् पर्दा ३५/४० जना विद्यार्थीहरु एउटै कोठामा बसिरहेका थिए । पानी सिमसिम परिरहेको अवस्थमा अचानक चट्याङ् परेपछि कक्षा कोठाको पछिल्लो पंक्तिमा बसेका छात्राहरु पनि घाइते बनेको बताइएको छ ।

घाइते छात्राहरुमध्ये केहीको कपाल, टाउको र कम्मर माथिको भाग जलेको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Jagdish patel

    Sept. 4, 2023, 6:37 p.m.

    🙏🥀💐🏵🌺🌷🌹jay shree ram

  •  0 Reply

तपाईको प्रतिक्रिया