भारत : १ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकल विभागलाई बाेलाउन पर्‍याे

 भदौ २१, २०८० बिहिबार १६:१९:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भारतकाे महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागकाे सहयाेग लिएका छन् । महाराष्ट्र राज्यकाे ठाणेमा १ सय ६० केजी ताैल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागकाे सहयाेग लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने काेसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई याे घटनाकाे जानकारी दिएका खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।

यद्यपि यस घटनाकाे क्रममा महिलालाई कुनै चाेट नलागेकाे बताइएकाे छ । क्षेत्रीय विपद् व्यवस्थापनले यस घटनाबारे भनेकाे छ– ‘हामीलाई विभिन्न प्रकारका फाेन आउने गरेकाे छ, तर याे घटना असामान्य थियाे ।’

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया