ताप्लेजुङ : तरुण दलले गरेकाे प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्‍याे

 भदौ २२, २०८० शुक्रबार १५:०:५५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेकाे प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

जिल्लाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूको निलम्बनको माग गर्दै तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकामभित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।

प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । उनीहरूले हिजो बिहीवार राति प्रहरीले सांसदको निवासमा आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया