अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ

 भदौ २३, २०८० शनिबार ८:४८:५० | रासस
unn.prixa.net

काठमाण्डाै - अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ।

गौतमले अमेरिकामा बसेर वर्षाैँदेखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले जनाएको छ । उनी नेतृत्वको गिरोहले नेपाली नागरिकहरुलाई यूएई, थाइल्यान्ड, फिलीपिन्स, सिङ्गापुर, हङकङलगायत देशहरुमा पुर्याएर राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेको पाइएको छ।

एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचविखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने काम पनि यो गिरोहले गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट ६ जना पीडित भएकोमा ४ जनाको उद्धार भइसकेको छ।

पक्राउ परेका गौतमले अहिलेलसम्म २ सय नेपाली नागरिकहरुलाई अमेरिका पठाइसकेको बयान प्रहरीलाई दिएका छन् । उनीमाथि मानव बेचविखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दा दर्ता भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया