जी–२० शिखर सम्मेलन आज सकिँदै : संयुक्त वक्तव्यमा गर्व गर्नुपर्ने विषय केही नरहेको युक्रेनको प्रतिक्रिया

 भदौ २४, २०८० आइतबार ९:१५:३३ | एजेन्सी
unn.prixa.net

भारतको नयाँ दिल्लीमा हिजोदेखि शुरु भएको जी–२० को दुई दिने शिखर सम्मेलन आज सकिँदैछ । यो सम्मेलनमा अमेरिका र रुसलाई मनाएर जी–२० घोषणापत्र जारी भएको छ ।

घोषणापत्र मुख्यतः बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ । तर जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा व्यक्त गरेको छ ।

युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । युक्रेनविरुद्ध रूसको आक्रमणबारे जी–२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ । यो शिखर सम्मेलनमा युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउनमा नेताहरू सहमत भएका छन् ।

जलवायु परिवर्तनको सन्दर्भमा जी–२० ले न्यूनतम साझा बिन्दु खोज्ने प्रयास गरेको छ । तर युरोपेली देश र अमेरिकाले जी–२० लाई युद्धको निन्दा गर्न दबाब दिँदै आएका थिए ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया