प्रधानमन्त्री ओली आज 'डिस्चार्ज' हुने सम्भावना

 कात्तिक १६, २०७५ शुक्रबार ९:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार डिस्चार्ज गर्ने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डिस्चार्ज गर्ने नगर्नेबारे शुक्रबार नै टुंगो लाग्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताउनुभयो ।

गएको सोमबारदेखि छातीमा संक्रमण भएपछि त्रिवि  चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । शुक्रबार अन्तिम डोजको औषधि बेलुकी दिएपछि सकिने र त्यस पछि उहाँको डिस्चार्ज गर्ने नगर्ने टुंगो लाग्ने डाक्टर सायमीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमी, डाक्टर दिव्या सिंह र डाक्टर सन्तकुमार दास तीनै जनाले उहाँको स्वास्थ्य परीक्षण पछि प्रधानमन्त्रीलाई घर पठाउने नपठाउने निर्णय हुनेछ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आइसकेको पनि डाक्टरले बताएका छन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया