एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा भारत बङ्लादेशसँग ६ रनले पराजित

 भदौ ३०, २०८० शनिबार ६:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भयो ।

जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।

त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २/२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए । तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले ।

भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । फाइनल खेल भोलि हुनेछ । पाकिस्तान र बङ्लादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया