डाक्टर कुटपिटको विरोधमा बाग्मती प्रदेश सभा भवन अगाडि स्वास्थ्यकर्मीकाे प्रदर्शन

 भदौ ३०, २०८० शनिबार १३:१४:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटाैँडाकाे सञ्चाे अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएकाे कुटपिटकाे विराेधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बाग्मती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्। 

डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि बुधवार कुटपिट भएपछि कारबाहीकाे माग गर्दै स्वास्थ्यसंस्थाकाे आकस्मिक बाहेकका सेवा बन्द गरेर उनीहरु आन्दाेलनमा उत्रिएका छन् । 

उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भवनभित्र प्रदेश सभा बैठक चलिरहेको छ।

बुधवार बिहान हेटौँडा–१, भिन्तुनापथमा रहेकाे सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो । गएकाे साउन २५ मा डेङ्गीबाट चितवनमा ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरलाई कुटपिट गरेका हुन्। 

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक सङ्घले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

घटनामा संलग्नमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर तीन दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् । घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरिनुपर्ने माग गर्दै उनीहरु धर्नामा बसेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया