भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला, दुई देशबीचको सम्बन्ध चिसियो

 असोज २, २०८० मंगलबार ११:२७:५५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण खुलेको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गर्नुभएको थियो । साथै उहाँले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिनुभएको थियो ।

भारतले क्यानडाको यो आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ । क्यानडामा भारतीय मूलका १४ ला भन्दा धेरै नागरिक रहेको अनुमान छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् ।

क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया