भारतीय लोकसभामा ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस

 असोज २, २०८० मंगलबार १७:४५:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको लोकसभामा महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने प्रस्तावसहित महिला आरक्षण विधेयक पेस भएको छ ।

संसद्को नयाँ सत्र शुरु भएको पहिलो दिन आज मङ्गलवार महिलालाई आरक्षण दिने ‘नारी शक्ति वन्दन ऐन’ मा संवैधानिक संशोधनको प्रस्ताव लोकसभामा पेस भएको बीबीसीले जनाएको छ । आजै नयाँ संसद् भवनमा पनि पहिलो पटक लोकसभाको बैठक बसेको हो ।

प्रस्ताव पेस गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलालाई संसदमा आरक्षण दिन यसअघि प्रयासहरू भए पनि सफल नभएको भन्दै अब ऐन संशाेधनमार्फत महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने बताउनुभयो ।

ऐन संसोधन भएमा आउँदो वर्ष हुने लोकसभा चुनावमा भारतीय सङ्घीय संसद्को तल्लो सदनमा कुल सांसदको ३३ प्रतिशत सिट महिलाका लागि सुरक्षित हुनेछ । नयाँ कानुनअनुसार भारतको लोकसभामा एक सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।

भारतमा यस सम्बन्धित विधेयक पहिलो पटक सन् १९९६ मा ल्याइएको थियो । तर पारित हुन सकेको थिएन ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया