क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै 'एडभाइजरी' जारी

 असोज ३, २०८० बुधबार १५:४५:३३ | एजेन्सी
unn.prixa.net

भारतले क्यानडामा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

दुई देशबीचकाे विवाद बढ्दै गएपछि हिजो मङ्गलवार क्यानडाले भारतमा यात्रा गर्दा सावधानी अपनाउन ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो । आज बुधवार भारतीय विदेश मन्त्रालयले पनि सूचना जारी गरेर क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणित अपराध तथा आपराधिक हिंसालाई ध्यानमा राख्दै अत्यन्तै सावधानी अपनाउन आग्रह गरेको छ । क्यानडामा रहेका भारतीय कुटनीतिज्ञ र भारतीय समुदायका वर्गलाई लक्षित गरेर विभिन्न प्रकारका आक्रमण भएको भारतीय दाबी छ ।

क्यानडामा भइरहेको भारत विरोधी आन्दोलन र एजेन्डाप्रति भारतीय विदेश मन्त्रालयले खेदसमेत प्रकट गरेको छ ।

क्यानडामा एक जना शिख नेताको हत्यामा भारतीय सरकारकै हात रहेको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएपछि दुई देशबीच तनाव बढिरहेको छ । दुवै देशले एक/एक जना उच्च कुटनीतिक अधिकारीलाई देश निकाला गर्ने निर्णय गरिसकेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया