प्रधानमन्त्री अाेली अाजै डिस्चार्ज हुने

 कात्तिक १६, २०७५ शुक्रबार १८:११:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौँ – छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउने अहिले साँझ निर्णय गरेका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो । प्रधानमन्त्रीलार्इ शुक्रबार साँझ सात बजे डिस्चार्ज गरिने अस्पतालले जनाएकाे छ ।

सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान १० बजे जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया