भारतमा महिला आरक्षणसम्बन्धी विधेयक लोकसभाबाट पारित, कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुने

 असोज ४, २०८० बिहिबार ११:१४:२० | एजेन्सी
unn.prixa.net

भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो ।

विधेयकको पक्षमा ४ सय ५४ मत र विपक्षमा २ मत मात्रै परेको बीबीसी हिन्दीले जनाएको छ । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्नेछ । महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुनेछ ।

लोकसभाको ५ सय ४३ सिटहरूमध्ये १ सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै, राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।

भारतमा यस सम्बन्धित विधेयक पहिलो पटक सन् १९९६ मा ल्याइएको थियो । तर पारित हुन सकेको थिएन ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया