दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

 असोज ८, २०८० सोमबार ६:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ । वर्षाका कारण प्रभावित भएको खेलमा भारतले अस्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको हो ।

जितसँगै तीन खेलको शृङ्खला भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३३ ओभरमा ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया २८ ओभर २ बलमा २ सय १७ रनमा अल आउट भयो ।

जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा पानी परेपछि खेल ३३ ओभरमा झारिएको थियो । अस्ट्रेलियाका शेन एबोटले सर्वाधिक ५४ रन बनाए । यस्तै, डेविड वार्नरले ५३, मार्नस लाबुसेन २७, जोश हेजलवुडल २३ र एलेक्स क्यारीले १४ रन बनाए ।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन/तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो । भारतको जितमा श्रेयस ऐरले सर्वाधिक १ सय ५ रनको पारी खेले ।

यस्तै, शुभमन गिलले पनि शतक बनाए । उनले १ सय ४ रन जोडे । यस्तै, सूर्यकुमार यादवले ७२, कप्तान लोकेश राहुलले ५२,  इशान किशनले ३१ र रविन्द्र जडेजाले १३ रन बनाए ।

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम जाम्पाले एक/एक  विकेट लिए । भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल पर्सि बुधवार हुनेछ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया