भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

 असोज ११, २०८० बिहिबार ६:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । जितसँगै अस्ट्रेलिया क्लिन स्वीप हुनबाट जोगिएको छ । तीन खेलको शृङ्खला भारतले एक खेल अगावै जितेको थियो । हिजो भएको तेस्रो खेलमा भारत ६६ रनले पराजित भयो ।

जितको लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ४ बलमा २ सय ८६ रनमा अलआउट भयो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८१ रन बनाए ।

त्यस्तै, विराट कोहली ५६ रनमा आउट भए । श्रेयस ऐरले ४८ रन जोडे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए । त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ९६ रन बनाए । स्टिभ स्मिथले ७४, मार्नस लाबुसेनले ७२ र डेविड वार्नरले ५६ रन जोडे । भारतका जस्प्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया