गुल्मीमा पहिराे जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

 असोज ११, २०८० बिहिबार १२:११:१२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएकाे छ । 

कालीगण्डकी करिडोर अन्तर्गत रिडी‐रुद्रवेणी सडक खण्डमा  ठूलो पहिरो खसेपछि गएरातिदेखि गाडी आवतजावत दुईतर्फी नै बन्द भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

रुरुक्षेत्र गाउँपालिका-१ अन्तर्गत रिडी बजार नजिकै रहेको विष्णुपञ्जरमा गएराति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेको हो । इलाका प्रहरी कार्यालय रिडीबाट खटिएकाे प्रहरी टाेलीले बिहानैदेखि पहिराे पन्छाउने काम गरिरहेकाे छ। 

रिडी‐रुद्रवेणी‐वामीटक्सार हुँदै बाग्लुङ जिल्लाको बुर्तीवाङसम्म पुग्ने सडक बन्द हुँदा गाडी बीच बाटाेमै राेकिएका छन् । यस्तै, पाल्पा बुटवल लगायत जिल्लाका लागि छुटेका गाडी गएरातिदेखि राेकिँदा यात्रु समस्यामा परेका छन् । 

सडक सञ्चालनका लागि प्रयास भइरहेकाे  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया