नेपालले टस हार्यो : भारत पहिला ब्याटिङमा

 असोज १६, २०८० मंगलबार ६:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - १९औँ एसियाली खेलकुदको क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा शुरु भएको छ । नेपालले टस हारेको छ ।

भारतले टस जितेर ब्याटिङ थालेको छ । नेपालले टोलीमा एक परिवर्तन भएको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गरेका छन् ।

नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो ।  कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।  

त्यस्तै, समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेको हङकङले पाकिस्तानसँग खेल्दैछ । यो खेल आज बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको मलेसिया र बङ्लादेश तथा सिधै क्वाटरफाइनलमा पुगेका श्रीलङ्का र अफगानिस्तानबीच भोलि खेल हुनेछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया