भारतीय सञ्चारमाध्यम न्युजक्लिकमा आबद्ध पत्रकारहरूको घरमा प्रहरीको छापा

 असोज १६, २०८० मंगलबार १४:४५:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको सङ्घीय राजधानी दिल्लीमा प्रहरीले न्युजक्लिकमा आबद्ध ३० जनाभन्दा धेरै पत्रकार तथा सम्बन्धित व्यक्तिको घर र कार्यालयमा छापा मारेको छ ।

आज मङ्गलवार बिहानै पत्रकारहरूको घर र कार्यालयमा पुगेर छापा मारेको प्रहरीले पत्रकारहरूको ल्यापटप तथा मोबाइल नियन्त्रणमा लिएको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीले छापा मार्नुको कारण बताएको छैन । तर केही समय अगाडि न्युजक्लिक पोर्टलले चीनबाट पैसा लिएको आरोपमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले आज मारेको छापा त्यही घटनासँग सम्बन्धित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । न्युजक्लिक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारको आलोचनामा समाचारहरू प्रकाशन र प्रसारण गर्ने संस्थाका रूपमा चिनिँदै आएको छ ।

यसैबीच प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अरू व्यक्तिको घरमा छापा मार्नु चिन्ताजनक रहेको बताएको छ । समाजिक सञ्जाल ट्विटरमार्फत क्लबले घटनालाई नजिकबाट हेरिरहेको भन्दै क्लब पत्रकारहरूको साथमा रहेको जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया