सिक्किममा ताल फुटेर आएको बाढीमा परि १४ जनाको ज्यान गयो, सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता

 असोज १८, २०८० बिहिबार ११:५४:२७ | एजेन्सी
unn.prixa.net

भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ ।

बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना बेपत्ता भएका छन् । पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सिक्किम राज्य सरकारले हिजो बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ ।

भवन र गाडीमा पनि क्षति पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गरी आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ।   
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया