इजरायलबाट प्रधानमन्त्रीलाई पत्र : युद्धको चपेटामा परेर ज्यान गुमाउन छैन, देश फर्कने वातावरण बनाइदिनुस् !

 असोज २२, २०८० सोमबार ११:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इजरायलको युद्धग्रस्त क्षेत्रमा अलपत्र परेका नेपाली विद्यार्थीले आफूहरुलाई उद्धारको लागि अपिल गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई अहिले इजरायलमा रहेका सुरज भण्डारीले नेपाल फर्कने वातावरण बनाइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्र लेख्दै सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्नुभएको छ ।

उहाँ कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल जानुभएको हो । कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको तथ्याँक छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको ज्यान गएको पुष्टि भैसकेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया