तुलाधरको निधनले देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षति पुग्यो : प्रधानमन्त्री ओली

 कात्तिक १८, २०७५ आइतबार २०:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधरलाई आइतबार शोक सन्देश पठाउ“दै कठीन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधरसँग बिताएका क्षणहरुको समेत स्मरण गर्नुभएको छ ।

‘उहाँले विभिन्न संघर्षमा निर्भिकतापूर्वक देश, नागरिक र लोकतन्त्रका पक्षमा गरेका अनवरत योगदान मेरो स्मृतिमा आइरहेका छन् । तिनलाई म अत्यन्त आदरपूर्वक स्मरण गरिरहेको छु,’ शोक सन्देशमा भनिएको छ, ‘श्री पद्मरत्न तुलाधर एक देशभक्त, लोकतन्त्रवादी, सामाजिक न्याय तथा समानताका पक्षधर र देशमा शान्ति एवं समृद्धि प्राप्तिको संघर्षका अथक अगुवा र वास्तविक जनपक्षीय व्यक्ति हुनुहुन्छ ।’

प्रधानमन्त्रीले शान्ति र मानवअधिकारका अभियन्ताको रुपमा समेत स्थापित तुलाधरको निधनले देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षति पुगेको जनाउनुभएको छ । प्रधानमन्त्रीले तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

तुलाधारको ७८ वर्षको उमेरमा आइतबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया