भारतले न्युजिल्यान्डलाई चार विकेटले हरायो, विश्व कपमा २० वर्षपछि भारतसँग न्युजिल्यान्ड पराजित

 कात्तिक ६, २०८० सोमबार ६:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेट २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले एक सय ३० रन बनाए । यस्तै, रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

दुई सय ७४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विराट कोहलीले ९५ रन बनाए । कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका लागि लोकी फर्गुसनले २ विकेट लिएका थिए । यो जितसँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो ।

न्युजिल्यान्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ । विश्व कप २०२३ मा भारतको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा न्युजिल्यान्डको अपराजित यात्रामा भने विराम लागेको छ । उसले यसअघिका चार खेलमा जित हासिल गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया