मकवानपुरका तीन ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटना १० जना घाइते

 कात्तिक ९, २०८० बिहिबार १२:५६:४१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरका छुट्टाछुट्टै तीन ठाउँमा भएका गाडी दुर्घटनामा १० जना घाइते भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर –७ दुम्सीडाँडाभित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुम्सीडाँडाबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा अटोमा यात्रा गरिरहेका ७ जना घाइते भएका हुन् ।

यसैगरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर –७ देउखेलमा पालुङ–देउखेल भित्रि सडकखण्डमा देउखेलबाट पालुङतर्फ आउँदै गरेको ना ४ ख ४०८३ नम्बरको बस बाटोमा बिग्रँदा मर्मत गर्ने क्रममा बस गुड्न गइ बसको सहचालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर –३ बस्ने १९ वर्षीय प्रशान्त गोपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते सहचालककाे ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामिटारमा झुरझुरे तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोकिँदा बाग्मती गाउँपालिका वडा नम्बर–६ ठाडीखोलाका दुइ जना घाइते भएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया