प्याजको भाउ ह्वात्तै बढ्यो, हरियो तरकारीको भाउ भने घट्यो

 कात्तिक १३, २०८० सोमबार ८:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ ।

भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ ।

नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यसले गर्दा भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुन्छ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको भाउ लगातार बढिरहेको जनाएको छ । समितिले काठमाण्डौमा आज प्याजको थोक मूल्य किलोमा ११५ देखि १२० रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा योभन्दा महँगो पर्छ  । बजारमा हरियो तरकारीको भाउ भने घट्दो छ ।

बजारमा साग, सिमी र लाम्चो भन्टा सबैभन्दा सस्तो छ । यी तरकारी किलोको १० देखि १५ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस्तै, आज करेला किलोको ५० रुपैयाँ, पीरो खुर्सानी किलोको ८० देखि ९० रुपैयाँ, भिन्डी २० रुपैयाँ, गोलभेँडा किलो ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया