राउटे महामुखिया महिनबहादुर शाहीको निधन

 कात्तिक १९, २०८० आइतबार १३:५५:१६ | अमर सुनार
unn.prixa.net

दैलेख - राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आज आइतवार निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा उहाँको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिनुभयो ।

कोइराला गाउँबाट रतुवाखोलामा बसाइँ सरेको पाँचौँ दिन आइतवार महामुखियाकाे निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रबन्ध गरी राउटे समुदायका सबैजसो मृतक महिनबहादुरको शव गाड्ने काममा जुटेका केसीले बताउनुभयो ।

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ सालदेखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो । २०७१ सालमा ऐनबहादुर शाही डुङ्गेश्वरमा भिरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारीमा हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया